बास्केटबल : रेडिअन्ट सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-११
  • |
  • 333 पटक हेरिएको

काठमाडाैं, ११ भदाै । आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

रेडिअन्टले नेपालयलाई ६५–५० ले पराजित ग¥यो । रेडिअन्टको जितमा उपेन्द्र बस्नेतले १९ अंक योगदान गरे । सिनियर ब्वाइजमै निम्स, रुपिज र ओसिस पनि सेमिफाइनलमा पुग्न सफल भए । राजन डंगोलको १२ अंक सहयोगमा निम्सले नेपाल सेन्ट्रललाई ४१–३४ ले हरायो ।

रुपिजले द एक्सेल्सियरलाई ४६–४२ तथा ओसिसले ग्रिनफिल्डलाई ३७–३३ ले पाखा लगाए । रुपिजका आदित्य गुरुङले १८ तथा ओसिसका छेडुप लामाले १५ स्कोर गरे ।

सिनियर गल्र्समा इनोभेटिभले न्यु भिजनलाई २३–१५, द चाँदबागले सिद्धार्थ बनस्थलीलाई २९–२० तथा एलआरआईले स्वर्णिमलाई १७–१३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । इनोभेटिभकी स्वच्छता थापाले ७, चाँदबागकी प्रगति तिवारीले १२ र एलआरआईकी दीपशिखा विष्टले ८ अंक जोडे ।

निम्स यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । जुनियर ब्वाइजमा स्वर्णिमले नेपाल सेन्ट्रललाई ७–३ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । स्वर्णिमका दीपेश शाक्यले ५ स्कोर गरे । सेमिफाइनलमा स्वर्णिमको भेट आयोजक रेडिअन्टसंग हुने भने महामञ्जुश्रीले सेब विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey