करातेको अन्तिम छनोट भदौको तेस्रो साता, विदेशी रेफ्री ल्याइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२२
  • |
  • 410 पटक हेरिएको

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि कराते खेलाडी छनोट गर्न विदेशी निर्णायक आउने भएका छन् ।

नेपाली रेफ्रीले निर्णय गर्दा विरोध हुन सक्ने भएकाले साग छनोट प्रतियोगिताका लागि विदेशबाट रेफ्री ल्याउने तयारी भइरहेको प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘विदेशी रेफ्री ल्याउनका लागि नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषद् पनि सकारात्मक छन्,’ प्रशिक्षक श्रेष्ठले भने । 

अहिले एक सयभन्दा बढीको हाराहारीमा खेलाडीहरु प्रशिक्षण गरिरहेका छन् । छनोट प्रतियोगितापछि कुल ३३ जना खेलाडी छनोट हुनेछन् ।

टिम फाइटमा १२ जना, कातामा ६ जना र १५ ब्यक्तिगत इभेन्टमा खेलाडी छनोट हुने प्रशिक्षक क्षेष्ठले बताए । छनोट प्रतियोगिता भदौ १८ गतेभित्र सकाउने योजना राखिएको पनि प्रशिक्षक श्रेष्ठको भनाई छ । तर मिति भने निश्चित भएको छैन ।  नेपाली करातेले पुरुष, महिला र टिम इभेन्टमा गरी १९ वटा स्वर्णका लागि प्रतिष्पर्धा गर्नेछ ।

विभिन्न प्रतियोगिताको अनुभव लिइसकेका युवा खेलाडीको उपस्थिती छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey