एथ्लेटिको मड्रिड युरोपा लिगको क्वाटरफाइनलमा, मस्को ८–१ को भारी अन्तरले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 442 पटक हेरिएको

चैत्र २ ।  स्पेनीस क्लव एथ्लेटिको मड्रिड युरोपा लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । रसियन क्लव लोकोमोटिभ मस्कोलाई समग्रमा ८–१ गोलले हराउँदै एथ्लेटिको अन्तिम आठमा प्रवेश गर्यो ।

मस्कोको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोको जितमा लिभरपुल तथा चेल्सीका पुर्व स्ट्राइकर फर्नान्डो टोरेसले दुई गोल गरे ।

पहिलो लेगमा ३–० ले विजयी भएको दुई पटकको च्याम्पियन एथ्लेटिकोले दोस्रो लेगमा झन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

खेलको १६ औ मिनेटमा नै एञ्जल मार्टिनको गोलमा एथ्लेटिकोले अग्रता बनायो । तर २० औ मिनेटमा मस्कोले गोल गर्दै खेल बराबरीमा पुर्यायो ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ४७ औ मिनेटमा सिउलले गोल गर्दै एथ्लेटिकोलाई पुनः अग्रता दिलाए ।

त्यसपछि ६५ औं र ७० औं मिनेटमा टोरेसले गोल गर्दै टिमलाई चार एकको स्थितीमा पुर्याए । उनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।

८५ औ मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई ५–१ को जित दिलाए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey