तेक्वान्दो केयर्स परियोजना नेपालमा शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१८
  • |
  • 261 पटक हेरिएको

विश्व तेक्वान्दो महासंघको तेक्वान्दो केयर्स परियोजना नेपालमा शुरु भएको छ । महासंघको लगानी तथा नेपाली तेक्वान्दो संघको सहयोगमा संचालन हुन लागेको यो परियोजनाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गरेका थिए ।

महिला हिंसाबाट पीडित किशोरीहरु र कैदी जीवन विताइरहेका अविभावकका बालबच्चालाई निःशुल्क तेक्वान्दो प्रशिक्षण गराउने उद्धेश्य छ ।

प्रशिक्षणमा कुल २६० जनाको सहभागिता रहने नेपाल तेक्वान्दो संघले जनाएको छ । उनीहरुलाई विभिन्न ६ वटा सामाजिक परोपकारी संस्थामा प्रशिक्षण गराइनेछ ।

प्रशिक्षणसँगै उनीहरुलाई आत्मरक्षाका तालिम, ब्यक्तित्व विकास, स्वास्थ्य शिविर लगायतका कार्यक्रममा सहभागिता गराइनेछ । उद्घाटन कार्यक्रममा विश्व तेक्वान्दो महासंघका अध्यक्ष चुङ्वान चोए लगायत नेपाल तेक्वान्दो संघका पदाधिकारी, खेलाडीको सहभागिता थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey