नेपालले एकदिवशीय मान्यता पाएमा के फाइदा हुन्छ ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२९
  • |
  • 238 पटक हेरिएको

फागनु २९ । आईसीसी एकदिवशीय विश्वकप छनोटको सुपरसिक्समा पुग्न नसकेको नेपाली क्रिकेट टिमलाई एकदिवशीय मान्यता पाउने सम्भावना भने अझै जीवितै छ । तर, त्यसका लागि नेपाललाई २ वटा मौका छ, दुवैमा नेपाल खराे उत्रनु जरूरी पनि छ ।

आफ्नो समूहको चौथो स्थानमा रहेको नेपालले प्लेअफमा अब पपुवा न्यूगिनीसँग खेल्नेछ । यता समुह ए को चौथो स्थानमा रहेको नेदरल्याण्ड्सले हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि नेपालले पपुवा न्यूगिनीलाई हराएमा र नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेमा नेपालले चार बर्षका लागि एकदिवशीय मान्यता पाउनेछ ।

तर नेपाल पराजित भएमा त्यो सम्भावना समाप्त हुनेछ । यदि नेपाल विजयी भएमा र अर्को खेलमा हङकङले नेदरल्याण्ड्सलाई हराएमा सातौं स्थानको प्लेअफका लागि नेपाल र हङकङ खेल्नेछन् । त्यस खेलमा विजयी हुने टिमले एकदिवशीय मान्यता पाउनेछ ।

एकदिवशीय मान्यता पाएमा के फाइदा हुन्छ ?

क्रिकेटमा अहिले १२ वटा टेष्टसँगै नेदरल्याण्डस्सँग एक दिवसिय मान्यता छ । विश्वकप छनोटमा पुछारमा रहे पनि नेदरल्याण्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिप विजेताको नाताले एकदिवशीय मान्यता कायमै राख्नेछ ।

त्यसबाहेक सुपरसिक्समा पुगेका स्कटल्याण्ड र युएईसँग अब एकदिवशीय मान्यता हुनेछ । जसमा अहिले कुल १५ टिमसँग एकदिवशीय मान्यता छ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा एकदिवशीय मान्यता पाउने १६औं टिमका लागि हाे ।

नेपालले एकदिवशीय मान्यता पाएपछि हुने फाइदाहरू यसप्रकार छन्

१. यदि नेपालले एकदिवशीय मान्यता पाएमा पहिलो फाइदा नेपाल आइसीसीको एकदिवशीय बरियतामा समावेश हुनेछ । 

२. साथै नेपालका खेलाडीहरु पनि एकदिवशीय बरियतामा समावेश हुनेछन ।

३. एकदिवशीय मान्यता पाएका देशहरुबीच आर्इसीसीले त्रिकोणात्मक वा अन्तर्राष्ट्रिय सिरीज राख्न सक्छ । 

४. यस्तै आर्इसीसीसँग सहकार्य गरेर आफैंले पनि एकदिवशीय श्रृखंलाको आयोजना गर्न सक्छ । तर नेपालमा क्रिकेटको आधिकारीक निकाय नहुँदा तत्कालका लागि केहि कठिन भने हुनेछ ।

५. एकदिवशीय मान्यता पाएपछि नेपालले इन्टरकन्टिनेन्टल खेल जुन चार दिवशीयको हुन गर्छ, त्यो खेल्न पाउनेछ ।

६. आर्इसीसीबाट आउने अनुदानमा पनि निकै बृद्धी हुनेछ । जसमा खेलाडीको म्याच फी, खेलाडीको सुविधामा पनि बृद्धि हुनेछ ।

७. एकदिवशीय मान्यता पाएका देशले आयोजना गरेका घरेलु लिगको मापदण्ड पूरा भएमा आइसीसीले लिष्ट ए को मान्यता पनि दिन सक्छ ।

८. योसँगै एकदिवशीय मान्यता पाएमा टि-ट्वान्टी मान्यता पनि स्वतः पाइन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey