सदस्यसचिव सिलवाललाई शुभकामनाः ‘सागलाई म्याराथन होइन हिट्समा दौडाउनु पर्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-२३
  • |
  • 357 पटक हेरिएको

नेप्लेज, २३ असार । राष्ट्रिय खेलकुद परिषद्का नव नियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वर्माले मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच सोमबार पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

शुरुमा विहान ११ बजेका लागि कार्यक्रम तय भएको खबर गरिए पनि अर्को कार्यक्रम भएकाले खेलकुद पत्रकारकै आग्रहमा २ वजेलाई सारियो । समय साइत हेर्दा तीन बजे सपथ ग्रहण गर्ने भनियो । सपथ ग्रहणका लागि ३ः२५ मा युवा तथा खेलकुदमन्त्री सभाकक्षमा प्रवेश गरेका थिए । त्यसको ५ मिनेटपछि नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल हँसिलो मुद्रामा प्रवेश गरे । त्यसपछि औपचारिक कार्यक्रम शुरु भयो ।

कार्यक्रमको सुरुमा आशनग्रहणको काम सकिएपछि युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सिलवाललाई पद तथा गोपनियताको सपथ गराए । सपथ ग्रहणका बेला शिलवालसँग रहेका निर्वतमान सदस्यसचिव केशबकुमार विष्ट पनि सबैको आकर्षण नै थिए । कारण थियो यस्तो सपथ ग्रहण समारोहमा निवर्ततमानहरु जाने प्रचलन विरलै पाइन्छ ।

शुभकामना मन्त्वयका लागि सुरुमै निर्वतमान सदस्यसचिव विष्टलाई पालो दिइयो । सदस्यसचिव विष्टले शुरुमा बर्तमान र निर्वतमानमा रहेको ‘नि’ शव्दको प्रयोगले सभाहल गुञ्जायमान भएको थियो । विष्टले आफूले आफ्नो कार्यकाल शुरु गरेको अवस्था सम्झदै त्यतिबेला भन्दा यतिबेला धेरै सहज अवस्थामा सिलवाल आएको बताए ।

उनले भूकम्पले थिलो थिलो भएको बेला ४ वर्ष अगाडिको खेलकुद र अहिले ट्र्याकमा आएको खेलकुदलाई अझै माथि पुर्याउने जिम्मेवारी सिलवालको काँधमा आएको बताए । आफूले स्वर्ण काल भनेर बताउने गरेको प्रशंग उप्काउँदै विष्टले अब सिलवालले नेपाली खेलकुदलाई ‘हिरा’मा रुपान्तरण गर्न आग्रह गरे ।

साथै राखेपका कर्मचारीको १५ वर्ष देखिको समस्या समाधान हुन नसकेको, खेलकुद विश्वविद्यालय सञ्चालन गर्ने योजनाहरु बाँकी रहेको बताउँदै ती काम तत्काल थाल्न आग्रह गरे । साथै आफूले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिँदै अहिलेको भन्दा राम्रो अवस्थामा नेपाली खेलकुद पुर्याउन आग्रह गरे ।

विगतमा अफूले काम गर्दा सबैबाट सहयोग पाएको भन्दै विष्टले आगामी दिनमा पनि नवनियुक्त सदस्यसचिव सिलवालाई सहयोग हुने विश्वास व्यक्त गरे । आफूले २५ वर्षदेखि सिलवालाई चिनेको भन्दै नाम दाम सबै भएका व्यक्ति खेलकुदमा आउनु पक्कैपनि राम्रो संकेत भएको बताए ।

निर्वतमान सदस्यसचिव वोलिसके पछि पालो आयो मन्त्रालयका सचिव कृष्णप्रसाद देबकोटाको । देबकोटा पनि मिजासिलो तरिकाले सबै कुरा खुलेर राख्नेमा पर्छन् । उनले खेलकुद क्षेत्र बुझेको व्यक्ति सदस्यसचिव भएरका आएकाले पक्कै पनि नेपाली खेलकुद अझै राम्रो हुने बताए । सचिव देबकोटाले केही दिन पहिला सदस्यसचिव नियुक्त गर्दा निर्वतमान सदस्यसचिव विष्टले भनेको कुरा पनि उप्काउँदै भने की म ठीक नभए सिलवाल राम्रो मान्छे भएको सुनाए । उनले भने यहाँ आदर्शको कुरा गरेर हुँदैन् पहिलो कुरा त आफू नै हो दोस्रो अर्को हो ।

त्यसैले सबैले रोजिएको व्यक्ति सदस्यसचिव भएर आउँदा पक्कै पनि काम गर्न सजिलो हुने विश्वास व्यक्त गरे । निर्वतमान सदस्यसचिवका पालमा राखेप चलाएमान भएकाले त्यस्तै चलायमान नगराउने हो भने मिडियाले पनि लखेट्ने भन्दै सिलवाललाई सजग पनि बनाएका थिए । उनले भने ‘तपाइले केही गतिविधि गर्नु भएन भने मिडियाले पेज त खाली राख्दैनन्, त्यसैले त्यो खाली ठाउँ भर्नका लागि पनि तपाईकै विषयमा बढी खोजि हुन थाल्छ ।’
यस्तै आसन्न सागलाई म्याराथनको संज्ञा दिँदै सचिव देबकोटाले अब १०० मिटर हिट्समा तयारीलाई दौडाउनु पर्ने बेला आएको बताए ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेनाले नेपाली खेलकुद बुझेको व्यक्ति राखेपमा आएको भन्दै काम गर्न सजिलो हुने बताए । पहिला पनि बीचमा कुमार शव्द रहेको प्रशंग उल्लेख गर्दै अहिले पनि कुमार नै आएको भन्दै माहोललाई रमाइलो बनाएका थिए । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एशियाली खेलकुद संघारमा रहेकाले यसलाई सफल पार्न सबै मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त सदस्यसचिव सिलवालसँग लामोसमय देखि सम्पर्क र सम्बन्ध रहेकाले नेपाली खेलकुदले उहाँबाट आशा राखेको बताए । ओलम्पिक कमिटि र राखेप मिलेर नै नेपाली खेलकुदको विकासमा थप योगदान गर्न सकिने बताएका थिए ।

युवा तथा खेलकुदमन्त्री विश्वकर्माले निर्वतमान सदस्यसचिव विष्टलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उहाँको साथ र सहयोग हुने विश्वास व्यक्त गरे । साथै नवनियुक्त सदस्यसचिव सिलवालले आसन्न सागका लागि तयारी तिब्र पार्नेमा विश्वास व्यक्त गर्दै मन्त्रालयले सागलाई राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडेर हेरेकाले यसलाई जसैगरि सफल बनाउने गरि मन्त्रालय र राखेपले काम गरिरहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey