क्यारेवियन र जनता कलेज युनिभर्सिटी कपको क्वार्टर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 214 पटक हेरिएको

फागुन २६, काठमाडौं । युनिभर्सिटी टि–२० क्रिकेट कपको दोस्रो दिन शनिबार जनता कलेज र क्यारेवियन कले विजयी भएका छन् । जितसँगै दुबै टिम क्वार्टरफाइनलमा पुगेका छन् ।

शनिबार टियु क्रिकेट मैदानमा भएको खेलमा जनता कलेजले आमेगा कलेजलाई १० रनले हरायो भने क्यारेवियनले के एण्ड के कलेजलाई ९ विकेटले पराजित ग¥यो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको जनताले २० ओभरमा ४ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । जनताका लागि दिपेस दासले ६१ रनको अर्धशतकिय पारी खेले । प्रकाश न्यौपानेले २६ रन बनाए । बलिङ तर्फ हरीकृष्ण झाले २ विकेट लिए ।

१२५ रनको लक्ष्य पछ्याएको ओमेगा कलेज २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमा समेटियो । ओमेगाका सुविन बोगटीले सर्वाधिक २७ रन बनाए भने अन्य खेलाडी अझ कम स्कोरमा रोकिएका थिए ।

ओमेगालाई कम स्कोरमा रोक्नका लागि अनुप कोइराला र सम्बर्दन दबाडीले २–२ विकेट लिए ।

शनिबार नै भएको अर्को खेलमा क्यारेवियन कलेजले के एण्ड के इन्टरनेश्नल कलेजलाई ९ विकेटले हरायो ।

पहिला ब्याटिङ गर्दै के एण्ड केले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । के एण्ड केका कुन्दन यादवले २८ रन बनाए । बलिङ तर्फ आसिफ पौडेल र गणेश भट्टले २–२ विकेट लिए ।

१०५ रनको लक्ष्य क्यारेवियनले ९.४ ओभरमा एक विकेट गुमाएर पुरा ग¥यो । जयप्रकास गुप्ता र पंकज दासले पहिलो विकेटका लागि १०० रनको साझेदारी गरेपछि क्यारेवियन विजयी भएको हो ।

जयप्रकासले २९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए भने पंकज दासले ७ चौका र १ छक्काको सहयोगमा ४५ रन जोडे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey