करातेका विश्व च्याम्पियन नाविदको दुर्घटनामा निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०३
  • |
  • 191 पटक हेरिएको

एजेन्सी, ३ असार । करातेका विश्व च्याम्पियन नाविद मोहम्मदीको कार दुर्घटनामा निधन भएको छ ।

१८ वर्षिय नाविदको इरानमा भएको दुर्घटनामा निधन भएको हो । मोहम्मदीले २०१८ को गृष्मकालीन युथ ओलम्पिकमा ६८ किलोग्राममा स्वर्ण पदक हात पारेका थिए ।

६ जुनमा भएको कार दुर्घटनामा घाइते भएका उनको आज निधन भएको विश्व कराते महासंघले पुष्टि गरेको छ । उनी कार ड्राइभ गरिरहेका बेला सुरुङबाहिर निस्कदा दुर्घटनामा परेको जनाइए पनि यसको पुष्टि भएको छैन ।

नाविदले गृष्मकालिन ओलम्पिकमा स्वर्णका साथै पुरुष जुनियर ७६ केजीमा एशियाली क्याडेट र यू २१ च्याम्पियनसिपमा पनि पदक जितेका थिए । विश्व कराते महासंघले जारी गरेको विज्ञप्तिमा भनिएका छ, ‘१८ वर्षीय नावीद मोहम्मदी विश्वका उत्कृष्ट कराते खेलाडी मध्य एक जना थिए ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey