महिला क्रिकेट लिगको पहिलो दिन एपिएफ र राइजिङ क्लव विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 145 पटक हेरिएको

अन्तर्राष्ट्रियस्तरको महिला क्रिकेट लिगको पहिलो दिनको खेलमा एपिएफ र आयोजक राईजिङ क्रिकेट क्लव विजयी भएका छन् ।

चितवनमा भएको उद्घाटन खेलमा एपिएफले मिलन क्रिकेट एकेडेमीलाई ३ विकेट पराजित गर्यो । टस जितेर पहिले व्याटिङ गरेको मिलन क्लवले कप्तान रुविना क्षेत्रीले ४६ रनको मद्दतले  ८० रनको लक्ष्य दिएको थियो ।

जवाफमा एपिएफले ३ वल वाँकी छँदा ७ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । एपिएफका लागि सरिता मगरले सर्वाधिक ३० रन,सिता राना मगरले १४ र करुणा भण्डारीले ११ रन वनाएकी थिईन् ।

दोश्रो खेलमा अल इन्डिया वुमन्स टि ट्वान्टी क्रिकेट एसोसियसन भारतलाई आयोजक राईजिङ क्रिकेट फर वुमन्सले ३६ रनले पराजीत गर्यो । टस हारेर व्याटिङ गरेको राईजिङले निर्धारित १२ ओभरमा १ सय १९ रन वनाएको थियो ।

राईजिङका लागि ममता चौधरीले नट आउट ४७ ,वर्षा रानाले पनि नट आउट रहदै ३ रनको योगदान गरिन् । जवाफमा भारतले पुरै ओभर खेल्दै २ विकेटको क्षतीमा मात्र ८२ रन वनाउन सक्यो ।

प्रतियोगिता लिगका आधारमा खेलाईएको छ । शीर्ष स्थानमा रहने टोलीले फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद ५० हजार रुपैया पाँउनेछन ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey