साहारालाई हराउँदै मनाङ झापा गोल्डकपको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 171 पटक हेरिएको

फागुन २२, काठमाडौं । पोखराको साहारा क्लवलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै मनाङ मर्स्याङदी क्लव तेस्रो झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थित डोमालाल रंगशालामा मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लव पोखरा पेनाल्टीमा ४–३ गोलले पराजित भयो । पेनाल्टीमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, अञ्जन विष्ट र डोना थापाले गोल गरे । साहाराका लागि कप्तान मानबहादुर तामाङले प्रहार गरेको पहिलो पेनाल्टी नै मनाङका गोलरक्षक दिनेश थापामगरले बचाउ गरेका थिए भने टोलीका लागि दोस्रो पेनाल्टी प्रहार गरेका विश्व अधिकारीको प्रहार पोष्ट बाहिर गएको थियो ।

सहाराका लागि विजय श्रेष्ठ, रञ्जित पौडेल, विश्व अधिकारीले गोल गरेका थिए ।

यसअघि खेलको नियमित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा मनाङको आधा दर्जनभन्दा बढी आक्रमण साहाराको रक्षापंक्तिले विफल पारिदिएको थियो । तर, साहारा पेनाल्टीमा चुक्न पुग्यो ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल अन्तर्गत घरेलुटोली झापा–११ र सिक्किम युनाइटेडबीच बुधबार प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey