सरकारको पूर्व घोषित पुरस्कार बल्ल पाउँदै खेलाडी !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-१८
  • |
  • 204 पटक हेरिएको

काठमाडौं, १९ वैशाख । सरकारले खेलाडीहरुलाई पुरस्कार वापतको रकम प्रदान गर्ने भएको छ ।

विहीबार विहान मन्त्रालयमा एक कार्यक्रमका बीच नेपाली फुटबल, क्रिकेट र शारिरिक सुगठनका खेलाडीलाई नगदसहित सम्मान गर्न लागेको हो ।

सरकारले १२ औं सागमा स्वर्ण पदक जितेको नेपाली फुटबल टिमका खेलाडीलाई जनही २ लाखका दरले रकम प्रदान गर्न लागेको छ । प्रतियोगिता सकिए लगत्तै दुई लाख दिएको सरकारले बाँकी रकम विहीबार प्रदान गर्न लागेको हो ।

यसैगरी एक दिवसीय मान्यता पाएपछि नेपाली क्रिकेट टिमले हालै यूएईविरुद्धको सिरिज जितेकोमा त्यस बापतको पनि रकम खेलाडीलाई प्रदान गर्न लागेको छ ।

यूएई सिरिज जितेको नेपाली क्रिकेट टिमका खेलाडीलाई जनही पाँच लाखका दरले पुरस्कार रकम प्रदान गर्न लागेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । यसैगरी शारिरीक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका महेश्वर महर्जनलाई पनि नगद ४ लाख प्रदान गर्न लागेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey