उसुमा निमा र मिनालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०९
  • |
  • 243 पटक हेरिएको

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन् ।

महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए ।

महिला थाइची छ्वान÷थाइची चेनमा आर्मीकी मिना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मिनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेश्रो भइन् ।

पुरुष थाइची छ्वान÷थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए । उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोश्रो तथा सुदूरपश्चिमका जनक बुढा तेश्रो बने । पुरुष नान छ्वान÷नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे । सान्सौंको ८ स्पर्धाको फाइनल आउन बाँकी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey