आठौं राष्ट्रिय खेलकूदः आइतबार दिनभरी के भयाे ? पदक तालिकासहित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०१
  • |
  • 470 पटक हेरिएको

काठमाडौं, १ वैशाख ।
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ ।
हक्कीमा पहिलो पटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए ।
समूह ‘बी’ बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो । विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० ले हराउदा प्रेम विक र प्रदीप नेपालीले १–१ गोल योगदान गरे । यो समूहबाट प्रदेश ५ विजेतका रुपमा सेमिफाइनलमा पुगिसकेको छ ।
महिलामा गण्डकीले प्रदेश १ लाई ४–० ले पन्छायो । मिना परियारले २ तथा देवीका विक र कमला रोकाले १–१ गोल गरे । अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ माथि १०–० को सहज जित रच्यो । निकिता पाण्डेले ४, अनु गुरुङले ३, समरा भट्टले २ र सुनिता नेगीले १ गोल गरे ।

लनटेनिस : एपीएफलाई थप दुई स्वर्ण
रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्तरगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।
महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्त बुझाएका छन ।
यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६-२, ६-४ को सोझो सेटमा पराजित गर्दै संवरण जितेका हुन। यसैगरि धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।

पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६-०, ६-३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६-३, ७-५ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।

यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६(२, ६(० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६(०, ५(७, ६(२ को जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन । फाईनल सोमबार हुने छ ।

स्क्वास : कृष्णाको चौथो जित
आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् ।
कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ ।
पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

जुडो : मनीतालाई स्वर्ण
आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् ।
महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए ।

महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।

पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए ।

पुरुष ८१ क्ेजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे । फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे ।

बास्केटबल  प्रदेश ५ लाई सफलता
आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।
प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् ।
अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७, प्रहरीकी अनुषा मल्लले १६ र आर्मीकी मिना गुरुङले ९ अंक जोडे ।
पुरुषमा प्रदेश ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।

बुद्धिचाल : पुरुषोत्तमको स्पष्ट अग्रता
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा चार चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईंले ४ अंक जोड्दै एकल अग्रता कायम गरेका छन् ।

बर्दियाँको ठाकुरद्वारामा भइरहेको प्रतियोगिताको खुलामै एपीएफका क्षितिज भण्डारी ३.५ अंकसाथ दोश्रो स्थानमा छन् । त्यस्तै समान ३ अंकसाथ प्रहरीका मदनकृष्ष कायश्थसहित ९ जना तेश्रो स्थानमा छन् ।
महिलातर्फ समान ४–४ अंकमा आर्मीका सुजना लोहनी र सिन्दिरा जोशी शीर्ष स्थानमा छन् । आर्मीकी मोनालिसा खुम्बु तथा प्रदेश १ का कृपा अधिकारी र शान्ति धिमालसहित ८ खेलाडी समान ३ अंकसाथ दोश्रो स्थानमा रहेका छन् । महिलामा पनि चार चरणको खेल सकिएको छ ।

कबड्डी :
आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा एपीएफले प्रहरीलाई ५८–३६, गण्डकीले कर्णाली प्रदेशलाई ७५–३६, सुदूर पश्चिम प्रदेशले प्रदेश १ लाई ७६–४४, प्रदेश ३ ले प्रदेश २ लाई ४६–३३, आर्मीले एपीएफलाई ३९–१९, प्रदेश ५ ले गण्डकीलाई ४५–२३ र प्रदेश १ ले प्रहरीलाई ६२–३६ ले पराजित गरे ।

बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा महिलातर्फ प्रदेश ५ ले कर्णाली प्रदेशलाई ४१–२९, प्रहरीले एपीएफलाई ४०–१९, गण्डकीले प्रदेश २ लाई ४५–२९, प्रदेश ३ ले प्रदेश १ लाई ७१–१९, आर्मीले प्रदेश ५ लाई ४८–१५, प्रहरीले सुदूर पश्चिमलाई ३०–२२ र प्रदेश २ ले कर्णालीलाई ४२–१८ ले हराए ।

पदक तालिका यस प्रकार छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey