बास्केटबल : विभागीय टिमको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२८
  • |
  • 193 पटक हेरिएको

आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन् ।

प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गरे । घोराहीको सालघारीमा भइरहेको प्रतियोगिताको अर्को खेलमा सुदूर प्रदेशले प्रदेश २ लाई ६५–२१ ले हरायो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले एक कार्यक्रमबीच उद्घाटन गरे । सचिव देवकोटाले खेल क्षेत्रको विकासले युवाहरुलाई हौसला सँगै देशको पहिचान बढाउने काम गरेको बताए । देशको गौरवका रुपमा रहेको खेल क्षेत्रको विकासका लागि राज्यले खेल क्षेत्रमा लगानी बढाउदै गएको बताए । खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण बढेपनि पर्याप्त पूर्वाधार नहुदाँ खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्ने अवस्था रहेको भन्दै खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताए । उनले आठौँ राष्ट्रिय बास्केटबललाई देशको गौरवका रुपमा लिदै खेलाडीहरुलाई अनुशासित रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

पुरुषतर्फ १० टिमलाई २ समूहमा राखेर लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । १५ औं महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि मात्र सुरु हुनेछ । महिलामा ८ टिम सहभागी छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey