कुमारीलाई महिला फुटसलको उपाधि आयोजकलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१९
  • |
  • 214 पटक हेरिएको

फागुन १९, काठमाडौं । आयोजक कुमारी फुटसलको टोलीले प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

पकनाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । कुमारीको जितमा मनिषा थापामगरले दुई तथा प्रिती राईले एक गोल गरिन् । लेडी लायन्सका बिमला चौधरी र इन्दिरा राईले गोल गरिन् । कुमारीले २–० को अग्रता उल्ट्याएको हो ।

वल्र्डवाइडले गोल्डेन्स गल्र्सलाई २–१ को अन्तरमा पराजित गर्दै तेस्रो स्थान हात पा¥यो ।

उपाधिसहित कुमारीले ५० हजार पुरस्कार पायो । दोस्रो भएको लेडी लायन्सले २० हजार रुपैयाँ पुरस्कार पायो ।

लेडी लायन्सकी इन्दिरा राई प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले दि लाष्ट रिसोर्टबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् । प्रतियेगिताभर कुल ११ गोल गरेका कुमारीका मनिषा थापामगर सर्वाधिक गोलकर्ता भईन् । उनले प्रतियोगिता र कुमारी फुटसलकै सुस्मिता सिंह ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भइन् ।

एकदिने प्रतियोगितामा विभिन्न १६ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey