अफगानिस्तान यू-१९ विश्वकपकाे सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-११
  • |
  • 219 पटक हेरिएको

माघ ११, न्युजिल्याण्ड । न्युजिल्याण्डलार्इ  हराउँदै अफगानिस्तान यू-१९ विश्वकप क्रिकेटको सेमिफाइलनमा प्रवेश गरेको छ ।

न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको खेलमा अफगानिस्तानले घरेलु टिमलाइ २०२ रनको भारी अन्तरले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउदै ३०९ रन बनायो ।

अफगानिस्तानका लागि रहमनउल्लाह गुरवाजले ६९ तथा इब्राहिम जार्दनले ६८ रनको योगदान गरे । पहिलो विकेटका लागि यी दुई खेलाडीले एक सय १७ रनको साझेदारी गरेका थिए । यस्तै बाहिर शाहले ६७ तथा अज्मातुल्लाह ओमारजाइले ६६ रन जोडे ।

जवाफमा न्युजिल्याण्ड २८ ओभर एक बलमा मात्र १०७ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा केटेनी क्लार्सले ३८ र डेली फिलिप्सले ३१ रन बनाउनु बाहेका बाकि खेलाडी सस्तैमा आउट भए ।

न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न अफगानि बलर मुजिव र क्वेइस अहमदले चार चार विकेट लिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey