मेयर कप कराते शुक्रबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२१
  • |
  • 222 पटक हेरिएको

काठमाडौं, २१ चैत । नेपाल सिन क्योकुसिन कराते संघ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख विनोद गुरुङले जनाएका छन् । दुईदिने प्रतियोगिताका खेलहरु चाल्नाखेलमा हुनेछ ।

सोही दौरान पाँचौं उपत्यकाव्यापी सिन क्योकुसिन कराते प्रतियोगिता पनि हुनेछ । पुरुषमा ४ र महिलामा २ गरी ६ स्पर्धामा नै भिडन्त हुनेछ । दुवै प्रतियोगितामा गरी १ सय ६० खेलाडी सहभागी हुने प्रमुख गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताका दौरान रेफ्री सेमिनार र डान परीक्षा पनि जापानका जेबी सुजुतोले सञ्चालन गर्ने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey