किड्समा बेल्ट ग्रेडिङ सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०९
  • |
  • 260 पटक हेरिएको

काठमाडौं, ९ चैत । किड्स स्कुलको आयोजनामा बेल्ट ग्रेडिङ (पेटी परीक्षा) शनिबार सम्पन्न भएको छ । बानियाँटारस्थित किड्समै भएको ग्रेडिङमा ५२ प्रशिक्षार्थी सहभागी थिए ।

त्यस मध्ये १ जना ब्लु बेल्ट, १३ जना ओरेन्ज बेल्ट र ३८ जना यल्लो बेल्टमा पदोन्नती भएको किड्सले जनाएको छ । किड्सका कराते प्रशिक्षक निरज भण्डारीले ग्रेडिङ सञ्चालन गरेका थिए ।

सहभागीलाई टोखा नगरपालिका वार्ड नं. ८ का अध्यक्ष केशव खत्री, किड्सकी प्रिन्सिपल सर्मिला केसी, नेपाल वादोकाइ कराते संघका अध्यक्ष मुरारी तामाङ, महासचिव नारायणबहादुर मगरलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे । सो अवसरमा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनलाई सम्मान पनि गरिएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey