जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्ड बराबरीमा रोकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 230 पटक हेरिएको

जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बुर्सिया डर्टमुन्ड अग्सबर्गसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान सिग्नल डुनापार्कमा भएको खेलमा बुर्सियाले एक गोलको अग्रता जोगाउन सकेन । ५५ हजार दर्शकमाझ भएको खेलको १६ औ मिनेटमा नै मार्क रिउसको गोल मार्फत बुर्सियाले खेलमा अग्रता बनाएको थियो ।

जुन अग्रता पहिलो हाफसम्म कायम रहेको थियो । तर ७३ औ मिनेटमा केभिन डान्सोको गोल मार्फत अग्सबर्गले खेल बराबरी गर्न सफल भयो ।

यो बराबरीले बुर्सियालाई घाटा भएको छ । शिर्ष स्थानको बार्यन म्युनिख भन्दा १९ अंकले पछि परेको डर्टमुन्डको ४१ अंक छ भने बार्यनको ६० अंक छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey