एनभिए कप राष्ट्रिय भलिबलमा पुलिसको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 223 पटक हेरिएको

काठमाडौमा जारी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिवल प्रतियोगितामा पुरुष तर्फ हेल्प नेपाल र नेपाल पुलिस क्लव तथा महिला तर्फ न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लव विजयी भएका छन ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लवले मनिमुकुन्द क्लव रुपन्देहीलाई तीन एकको सेटमा हरायो ।

हेल्प नेपालले पहिलो सेट २५-१८ जित्यो भने दोस्रो सेट २३-२५ ले गुमायो । तेस्रो सेट २५-२१ जितेको हेल्प नेपालले चौथो सेट ३४-३२ ले जित्न सफल भयो ।

अर्को खेलमा नेपाल पुलिस क्लवले नयाँ बजारको सामाजिक युवा क्लवलाई २५-६, २५-९ र २५-१४ को सोझो सेटमा हराए ।

यस्तै महिलातर्फ न्यु डायमण्ड एकेडेमीले पद्मोदय युवा क्लव चित्तवनलाई २५-१४, २५-१२ र २५-१८ को सोझो सेटले हराउदा नेपाल पुलिस क्लवले जाउलाखेल भलिवल क्लवलाई २५-११, २५-१० र २५-१२ को सोझो सेटमा नै स्तब्ध बनायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey