‘भगवानका लागि आर्सनल छोडिदेउ वेङ्गर’

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 257 पटक हेरिएको

आर्सनल र आर्सने इंग्लिस फुटबलमा पर्याय जस्तै बनिसकेका छन् । २२ बर्ष आर्सनलको प्रशिक्षण सम्हालिसकेका फ्रेन्च प्रोफेसर आर्सने वेङ्गरले आर्सनलमा समयको कीर्तिमान त बनाए तर, क्लब तथा फ्यानहरुका लागि चाहिने सफलताको रेकर्ड भने दिन सकेनन् । पछिल्लो पाँच बर्षमा उनलाई क्लबमा राख्न हुने वा नहुने भन्ने मिश्रित प्रतिक्रिया फ्यान तथा फुटबल विश्लेषकबाट आइरहेको छ ।

सन् १९९६ मा क्लबमा आबद्ध हुँदाको समयमा वेङ्गरले भनेका थिए, ‘इंग्लिस फुटबललाई माया गर्छु, आर्सनलको खेलप्रतिको लगाव र क्षमताबाट प्रभावित भएर यहाँ आएको हुँ ।’

वेङगर कुनै चर्चित खेलाडी थिएनन् । न त कुनै चर्चित प्रशिक्षक नै । उनलाई क्लबको म्यानेजरका रुपमा नियुक्त गरेको घोषणा पछि आर्सनलका समर्थकहरु पनि उनीबारे अनविज्ञ थिए ।

क्लब सम्हालेको पहिलो सिजनमा आर्सनललाई तेस्रो स्थान दिलाएका वेङ्गरले दोस्रो सिजनमा क्लबलाई लिग उपाधि जिताए । त्यसपछि वेङ्गरको चर्चा अझ बढि हुन थाल्यो भने समर्थकहरुको प्रिय पात्र पनि बन्न सफल भए ।

सुरुको १० बर्षमा वेङ्गरले आर्सनललाई ११ वटा उपाधि जिताए । जसमा तीनवटा प्रिमियर लिग, चार वटा एफए कप र चारवटा कम्युनिटी शिल्ड थिए ।

त्यसपछिको सन् २००५ देखि २०१४ सम्म आर्सनल उपाधि विहिन रह्यो । उनको प्रशिक्षणमा रहँदा क्लबले उपाधि नजितेपनि उत्कृष्ट खेलाडी उत्पादन गर्ने एकेडेमीका रुपमा आर्सनल स्थापित भयो । अर्थशास्त्रका विद्यार्थी आर्सने वेङ्गरले क्लब बोर्डको माग राम्रैसँग बुझेका थिए । आर्सनलले ट्रफि नजित्दा पनि घाटामा रहेन ।

तर आर्सनलले कम्तिमा प्रिमियर लिगको उपाधि जितेको हेर्न चाहने करोडौं समर्थक तथा फुटबल विश्लेषण गर्ने पण्डितहरु भने अब आर्सनलको खेल शैलीबाट ‘बोर’ हुन थालिसके ।

फुटबल विश्लेषक जेमी रेडन्यापले आर्सने वेङ्गरको प्रशिक्षणमा आर्सनल ‘बासी’ भएको प्रतिक्रिया दिएका छन् । लिग कपको फाइनलमा गनर्स वेम्ब्ली रंगशालमा ३–० ले पराजित भएपछि लिभरपुलका पूर्व मिडफिल्डर समेत रहेका रेडन्यापले एक अन्तर्वार्तामा आर्सनल सुस्त भएको सुस्त भएको बताएका छन् ।

वेङ्गरको रणनीति र खेलाडीको रवैया पनि सुस्त हुन थालेको छ । फुटबल कमेन्टेटर ग्यारी नेभिलले लिग कपको फाइनलको दौरान आर्सलनका मुख्य खेलाडीको चर्को आलोचना समेत गरेका थिए । आर्सनल दयनीय अवस्थामा पुगेको र समर्थकको माया पाउने प्रकारको खेल समेत पस्कन नसकेको भन्दै खेलाडीको आलोचना गरे ।

लिग कपको फाइनल ह्वीसेल बज्नु अघि नै समर्थक मैदानबाट बाहिरिनुले आर्सनल समर्थकको हीनताबोध प्रष्ट पार्दछ । ६८ बर्षे वेङ्गर र आर्सनलवीचको यात्रा अब छुटिनु पर्ने धारणा समेत राखेका थिए ।

पहिलो हाफमा म्यान्चेष्टर सिटीसँग २–० ले पछि परिसकेको अवस्था पनि आर्सनलका मुख्य खेलाडी एरोन राम्से, ग्रेन्ट शाखा र मेसुट ओजिलको मनोबल समेत हारिसकेको थियो ।

‘राम्सेलाई हेरौं, उनी हिँडिरहेका छन् ।’ राम्सेग्यारी नभिलले कमेन्ट्रीमा भनेका थिए, ‘शाखा, ओजिल हिँडिरहेका छन् । विम्ब्लीमा २–० ले पछि परेको अवस्थामा हिँडेर खेल जित्न सकिँदैन ।’

खेलको अन्तिम सम्ममा धेरै समर्थकको आँखामा आँशु थियो । जेमी रेडन्यापले आर्सनल र आर्सनेको विगत एक दशक देखिको उही समस्याको बारेमा कुरा गर्दा दिक्क लागेको बताए ।

अहिले आर्सनल इंग्लिस प्रिमियर लिगमा छैटौं स्थानमा छ । शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटी २७ अंकले पछि रहेको छ ।

एजेन्सीकाे सहयाेगमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey