अर्किड कप सेभेन ए साइडमा प्रीतिमाको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०३
  • |
  • 166 पटक हेरिएको
प्रीतिमाले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
प्रीतिमाले नव जीवनलाई ३–१ गोलले पराजित गर्‍यो । प्रीतिमाका समिर थापा, ज्योति सदा र विवेक बस्नेतले गोल गरे । नव जीवनका नानुप खड्काले सान्त्वना गोल गरे । नव जीवनका प्रनिश विक ‘म्यान अफ द म्याच’ घोषित भए ।
अर्किड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ग्रामर पब्लिक स्कुल र गेट्वे एकेडेमी पनि विजयी भए ।
ग्रामरले प्रज्ञालाई ४–० गोलले हरायो । ग्रामरका सम्रिटजंग कार्कीले २ तथा सुनील तामाङ र निकित पौडेलले १–१ गोल गरे । प्रज्ञाका संयोग ढकाल ‘म्यान अफ द म्याच’ चुनिए ।
गेट्वेले निर्मल ज्योतिलाई ४–० गोलले पाखा लगायो । गेट्वेका सुनिल तामाङ, समिर श्रेष्ठ, ध्रुव पोखरेल र अनिश तामाङले गोल गरे । निर्मलका राकेश केसी ‘म्यान अफ द म्याच’ बने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey