दशरथ रंगशाला निर्माणको काम नसकिदा सागको तयारी गर्न पाइएन- मन्त्री विश्वकर्मा (भिडियाेसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२५
  • |
  • 610 पटक हेरिएको

काठमाडौं, २५ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अनुगमन गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रिय खेलकूद परिषद राखेपका पदाधिकारी सहित पुगेका मन्त्री विश्वकर्माले रंगशाला मर्मतका लागि भइरहेको कामको अनुगमन गरेका हुन् ।

अनुगमन पछि निर्देशन दिँदै मन्त्री विश्वकर्माले समयमै काम सक्न ठेकेदारलाई निर्देशन दिएका थिए । १३ औं साग गेम्सको मुख्य स्थलको रुपमा रहेको रंगशाला निर्माणको ढिलाईका कारण प्रतियोगिता पनि पर धकेलिएकाले समयमै काम सक्न आग्रह गरे । उनले ठेकेदारलाई काम गरे पनि स्प्रीट अनुसार काम गर्न नसकेको गुनासो गरे ।

मन्त्री विश्वकर्माले सरकारले १३ औं सागको पूर्वाधारका लागि काम बाँकी रहेकाले तयारी तिव्ररुपमा गर्न नपाएको बताए ।
अनुगमनका क्रममा मन्त्रीसँगै रहेका राखेपका सदस्य सचिव केशब कुमार विष्टले निर्माणको काम चाँडै सक्न आग्रह गरे । उनले रंगशालाको बाहिरी भागको काम पछि गरेपनि तत्काल भित्र आखाले देखिने काम सक्न निर्देशन दिएका थिए ।

जवाफमा रंगशाला निर्माणको ठेक्का लिएको किरातेश्वर कन्ट्रक्सन का सनकसिंह राईले आफूले गरेको सम्झौता अवधिभर निर्माण सक्ने जानकारी गराएका थिए । फागुन महिनाभित्र आफूसँग समय भएकाले सोही अवधिमा निर्माण पुरा हुने बताए । नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला २०७२ को गोरखा भूकम्पका कारण क्षति ग्रस्त भएको हो ।

नेपालमा हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद साग आयोजनाको जिम्मा पाएको नेपालले रंगशालाको निर्माण कार्य पुरा नहुँदा मार्चमा गर्ने भनिएको साग गेम्स सेप्टेम्बरमा सार्ने भएको छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey