कान्ति भैरव र एकता जेम्स स्कुल इसान कप च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 319 पटक हेरिएको

कान्ति भैरव र एकता जेम्स स्कुलले  इसान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । कान्ति भैरव ब्वाइज तथा एकता गल्र्समा च्याम्पियन बने ।

संस्थागत विद्यालय संघ नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा कान्ति भैरवले बुद्ध एकेडेमीलाई ३–१ गोलले पराजित गर्यो ।

विजयी टिमका लागि सम्भव तीनै गोल पासाङ स्याङबो शेर्पाले गरे ।

गल्र्सको उपाधि भिडन्तमा एकताले लिबर्टीलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । ब्वाइजमा गुरुकुल र गल्र्समा मंगलदीप तेश्रो भए ।

ब्वाइजमा रिम्सका अभिषेक आले र गर्ल्स मंगलदीपकी सोनाम साङमु शेर्पा उत्कृष्ट खेलाडी घोषित भए ।

ब्वाइजमा गुरुकुलका सञ्जय खतिवडा र गल्र्समा लिबर्टीकी डोल्मा शेर्पा उत्कृष्ट गोलरक्षक चुनिए ।

त्यस्तै प्रतियोगिताभर ब्वाइजमा १२ गोल गरेका कान्ति भैरवका पासाङ स्याङबो शेर्पा तथा गल्र्समा ४ गोल गरेकी एकताकी सरा दर्नाल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई प्रदेश सभा सांसद इन्द्रबहादुर बानियाँ, इसानका अध्यक्ष बालमुकुन्द कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चारदिने प्रतियोगिताको ब्वाइजमा २२ तथा गल्र्समा १२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey