डिपिएलको अक्सन भोली, राम्रा खेलाडीमाथि सबै टिमको अाँखा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 184 पटक हेरिएको

धनगढी प्रिमियर लिगको दोस्रो सस्करणको खेलाडी अक्सन भोली हुदैछ । काठमाडौको अन्नपुर्ण होटेलमा विशेष समारोह विच हुने अक्सन विहान साढे ७ बजेबाट सुरु हुनेछ।

डिपिएलका लागि कुल दुई सय भन्दा बढी खेलाडीको अक्सन हुनेछ । जसमा खेलाडी दर्ताबाट १९२ र १२ खेलाडी ट्यालेञ्ज हन्टबाट छानिएका थिए ।

अक्सनमा सहभागि खेलाडीहरुको नामावली प्रतियोगितामा सहभागि ६ टिमलाई बुझाइसकेको छ ।

६ टोली सहभागि प्रतियोगितामा एउटा टोलीले १२ जना खेलाडीलाई ११ लाख रुपैयाँमा किनीसक्नु पर्ने प्रावधान राखिएको छ। त्यसबाहेक रणनितीक खेलाडीहरुले न्यूनतम २ लाख रुपैयाँ पाउनेछन्।

यसअघि नै डीपीएलका टोलीहरुको रणनैतिक खेलाडीहरु सार्वजनिक भइसकेका छन्। त्यसबाहेक एउटा टोलीलाई दुई जना विदेशी तथा एक स्थानिय ट्यालेन्ट हन्टबाट आएको खेलाडी लिनुपर्नेछ।

अक्सनका लागि खेलाडीहरुको श्रेणी विभाजन गरेको छ। जस अनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै आएकालाई समेटेको छ।

अक्सनमा उनीहरुको भाउ न्युनतम १ लाख देखि अधिकतम १ लाख ५० हजार सम्म लाग्नेछ।

बी श्रेणीमा बाँकी राष्ट्रिय खेलाडीहरु तथा यु–१९ खेलाडीहरुलाई समेटिएको छ। अक्सनमा उनीहरुको भाउ न्युनतम ५० हजार देखि अधिकतम १ लाखसम्म रहने छ।

यस्तै बाँकी सबै अनक्याप्ड खेलाडीहरुलाई सी श्रेणीमा राखिएको छ। उनीहरुको अक्सनमा न्युनतम मुल्य २५ हजार देखि अधिकतम ७५ हजारसम्म तोकिएको छ।

प्रतियोगिताका टोलीहरुमा महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी र रुपेन्देही च्यालेन्जर्स रहेका छन्।

काठमाडौं गोल्डन्सको  रणनैतीक खेलाडीमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

यस्तै कप्तान पारस खड्का विराटनगर किंग्सको रणनैतिक खेलाडी रहेका छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey