धमलालाई बालाजु कराते डो प्रतिष्ठानकाे आजीवन सदस्यता प्रदान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०९
  • |
  • 334 पटक हेरिएको

काठमाडौं, ९ माघ । बालाजु कराते डो प्रतिष्ठानले शंकर धमलालाई आजिवन सदस्यता प्रदान गरेको छ ।

गत डिसेम्बर १६ तारिखमा हङकमा भएको मुइ थाई किक बक्सिङमा स्वर्ण जितेका धमलालाई आजीवन सदस्यता प्रदान गरेको बालाजु कराते डो प्रतिष्ठानका प्रमुख प्रशिक्षक धुब्रबिक्रम मल्लले जानकारी दिए ।

प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा उपाध्यक्ष बलराम मित्र, सदस्य राजेन्द्र कुमार ओझा र सल्लाहकार पुकार छन्त्यालले स्वर्णपदक विजेता धमलालाई सम्मान समेत गरेका थिए । धमलाले सन् २००१ को बालाजुबाट ब्ल्याक बेल्ट लिएका थिए ।

धमलाले ६७ के जी समूहमा प्रतिद्वन्द्वी हंगकंगका लिन का किटलाई ३ सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey