प्रसाईं र किरणलाई पारा जुडाेमा स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-०५
  • |
  • 239 पटक हेरिएको

प्रसाईं रुम्बा र किरण दाहालले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत दोश्रो राष्ट्रिय पारा जुडो प्रतियोगितमा बिहीबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ४५ केजीमुनि प्रसाईं तथा ५० केजीमुनि किरणले स्वर्ण जितेका हुन् ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि राजेन्द्र बोहरा, ६० केजीमुनि आनन्द पाण्डे, ६६ केजीमुनि निश्चल सिवाकोटी र ७३ केजीमुनि मनोज भट्ट पहिलो भए । महिला ४२ केजीमुनि सीमा तामाङ, ४४ केजीमुनि मनीषा गिरी र ४८ केजीमुनि बर्मा बुढा मगरले शीर्ष स्थान हात पारे ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपालको आयोजनामा नयाँ बजारमा बिहीबारै दोश्रो नेकोस भेट्रान जुडो प्रतियोगिता पनि सम्पन्न भएको छ ।

विभिन्न समूह विभाजन गरी खेलाइएको प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा मनोजबहादुर केसी, ‘बी’ मा पदमबहादुर बुढाथोकी, ‘सी’ मा इन्द्र डंगोल, ‘डि’ मा कोमललाल श्रेष्ठ, ‘इ’ मा दीपककृष्ण श्रेष्ठ, ‘एफ’ मा धर्मकुमार श्रेष्ठ र ‘जि’ मा दलबहादुर गुरुङ पहिलो भए । महिलाको समूह ‘ए’ मा देबु थापाले पहिलो स्थान हात पारिन् ।

राष्ट्रिय जुडो संघकै आयोजनामा पाँचौं नेकोस अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता शुक्रबारदेखि एमएमएसीमा सुरु हुँदैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey