रग्बीमा नेपाल प्रहरी स्कुललाई दोहोरो उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२२
  • |
  • 206 पटक हेरिएको
नेप्लेज । नेपाल प्रहरी स्कुलले यु–१६ अन्तरविद्यालय टच रग्वी प्रतियोगिताकाे छात्र र छात्रा दुबै तर्फकाे उपाधि जितेकाे छ ।
नेपाल विद्यालय रग्वी आयोगद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा प्रहरीले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले पराजित गर्यो ।
टुंडिखेलमा भएको  छात्राकाे उपाधि भिडन्तमा प्रहरीले पारामाउन्ट एकेडेमीलाई ३–० ले हरायो । छात्रमा कौसिक पौडेल तथा छात्रामा सुस्मिता खुलाल मगर उत्कृष्ट खेलाडी घोषित भए । दुवै प्रहरीका हुन् ।
विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फ समान १४–१४ गरी २८ टिम सहभागी थिए ।
फाेटाेः यु–१६ अन्तरविद्यालय टच रग्वीका उत्कृष्ट खेलाडी कौसिक पौडेल र सुस्मिता खुलाल मगर ट्रफीसाथ 
फाेटाेः यु–१६ अन्तरविद्यालय टच रग्वी उपाधि विजेता प्रहरी स्कुल टोली 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey