पाेखरा रंगशाला प्याराफिटकाे तेस्राे टेण्डर यसैसाता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-०३
  • |
  • 346 पटक हेरिएको

पोखरा रंगशालाको प्यारापिटकाे नयाँ टेण्डर यसैसाता खोलिने भएको छ ।

युवा तथा खेलकुदमन्त्रि जगत बहादुर विश्वकर्मा, मन्त्रालयका सचिब मोहन कृष्ण सापकोटा, सह सचिब द्वय गणेश पाण्डे र अर्ण प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्टले अर्थ मन्त्रि डा युबराज खबिवडा संग भेट गरेका थिए ।

करिब २ घन्टा लामो छलपफलमा ८ औं राष्ट्रिय खेलकुद तथा १३ औं दक्षिण एशियाली खेलकुद (साग)का लागि निर्माण भइरहेका संरचनाहरुको बजेट अभावमा काम रोकिएकाे भन्दै अर्थमन्त्री खतिवडाकाे ध्यानाकर्षण गराएका थिए ।

जसमा पोखरा रंगशालाको टेन्डर पनि रोकिएको र यसको निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गर्न ढिलो भएको धारणा मन्त्री विश्वकर्माले राखेका थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले पोखरा रंगशालाको निर्माण बजेटका लागि तीन महिना अघिनै अर्थ मन्त्रालयमा पत्राचार भइसकेको बताए ।

तर अब बजेट नआएकाले टेन्डरको काम रोकिएको र बजेट निकाशा भएपछि ग्लोबल टेन्डरमा जाने उनले नेप्लेजलार्इ जानकारी दिए ।

२०७४ कर्तिकमा पहिलो टेण्डर आह्वान गरेको राष्ट्रिय खेलकुद परिषदले त्यसको ठिक ८ महिना पछि २०७५ जेठमा दोश्रो टेण्डर आह्वान गरेको थियो । पहिलो पटकको टेण्डरमा एउटा मात्रै कम्पनीको टेन्डर भरेको भन्दै नौ महिना पछि दोश्रो पटक टेण्डर आह्वान गरिएको थियो ।

दोश्रो पटकको टेण्डर आह्वानमा दुई वटा प्रस्ताब मात्रै परेकोमा दुबैको अन्तर्राष्ट्रिय विडिङ अनुसार कन्सलटेन्ट मार्फत अध्ययन समेत गराइएको थियो । तर आर्थिक प्रस्ताब खोल्ने विषयमा परिषदले ढिलाई गरेका कारण सोही समयमा अख्तियारले निर्माण बजेटको बजेट शुनिश्चितता नगरी टेण्डर नखोल्न निर्देशन जारी गरेपछि सबै काम रोकिएको थियो ।

करिब ६ महिना अघि खोलिएको दोश्रो टेण्डरको म्याद यसैसाता सकिदैछ । युवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयसंग निर्माणको कुल रकम करिब १ अर्ब ३२ करोड जोहो गर्न लागि परेको हो । तर मन्त्रालयले यस अघि नै ५३ करोड बजेट भने छुट्टाइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey