म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डरको ३६ बर्षको उमेरमा निधन
- नेप्लेज
- |
- २०७४-१०-२७
- |
- 205 पटक हेरिएको
म्यानचेस्टर युनाईटेड तथा सेल्टिकका पूर्व मिडफिल्डर लियाम मिलरको ३६ बर्षको उमेरमा निधन भएको छ ।
आयरल्याण्डको राष्ट्रिय टिमका खेलाडी समेत रहेका लियामले २००४ देखि २००९ सम्म आयरल्याण्डबाट २१ क्याप जितेका थिए ।
क्यान्सरका कारण उनको उपचारका क्रममा निधन भएको हो । सन् २००० मा सेल्टिकबाट ब्यवसायीक करियर सुरु गरेका लियाम चार बर्षपछि म्यानचेस्टर युनाईटेडमा आवद्ध भएका थिए ।
त्यसपछि उनले लिड्स, सन्डरल्याण्ड जस्ता क्लवमा पनि ब्यवसायिक करियर बनाएका थिए । तर पछिल्लो पटक उनी अष्ट्रेलियन क्लवबाट फुटबल खेल्दै आएका थिए ।
खेल जिवनबाट सन्यास लिनुअघि लियामले २०१६ मा अमेरीका विभिन्न तीन क्लवबाट खेलेका थिए । लियामको निधनपछि उनका पूर्व क्लव तथा समकक्षीले सोसियल साइटमा श्रद्धाञ्जली दिएका छन ।