२३ औँ शीतकालीन ओलम्पिक आजबाट 

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२६
  • |
  • 409 पटक हेरिएको

माघ २६ । २३ औँ शीतकालीन ओलम्पिक आजबाट दक्षिण कोरियामा सुरु हुँदै छ ।

उत्तर र दक्षिण कोरियाकाबीचमा विवाद भइरहेका बेला सुरु हुन लागेको यस ओलम्पिकलाई निकै महत्वका साथ हेरिएको छ ।

यतिबेला उत्तर र दक्षिण कोरिया विगतलाई केही हद सम्म विर्सिएर संयुक्त टिम बनाएर सहभागि भएका छन् । जुन खेलकुद मार्फत राजनीतिक विवाद समाधान गर्ने अस्त्र बन्ने अनुमान गरिएको छ ।

उत्तर र दक्षिणको आईस हक्कि टिम संयुक्त रुपमा अन्य देशसँग भिड्ने छन् ।

यसैगरी रुसका एथलेटिक्स खेलाडीहरु ओलम्पिकको झण्डामुनि खेल्नुपर्ने बाध्यता पनि छ । रुसका धेरै खेलाडीहरु डोपिङमा परेपछि यस पटकको प्रतियोगितामा रुसको झण्डा नफहराइने भएको हो ।

१७ दिन सम्म चल्ने शीतकालीन ओलम्पिकमा ३ हजार वढी खेलाडीहरुले मेडलकालागि प्रतिस्पर्धा गर्नेछन् । अहिले सम्म ओलम्पिक हेर्नकालागि ७७ प्रतिशत बढी टिकट वेचिसकिएको

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey