एसियाडमा जुडाेकाे ब्यक्तिगत विधामा पनि नेपालकाे खराव प्रदर्शन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-१५
  • |
  • 318 पटक हेरिएको

जारी एशीयन गेम्समा पदकको आश गरिएको अर्को खेल जुडोले पनि नेपाललाई निराश बनाएको छ । ब्यक्तिगत तर्फ आठ जुडो खेलाडीको प्रतिस्पर्धा सकिदा कसैले पनि जित हात पार्न सकेनन् ।

जकार्ता स्थित जेसीसी प्लेनरी हलमा भएको प्रतिस्पर्धामा नेपालका तीन खेलाडी म्याटमा उत्रिएका थिए । ७८ केजी मुनि पुनम श्रेष्ठ क्वाटरफाइनलमा दक्षिण कोरियाकी युजिन पार्क संग इप्पोनमा पराजित भइन् । पुनम पुरै समय म्याटमा टिक्न सकिनन् । उनी दुई वाजरी पाएपछि दुई मिनेट ४४ सेकेन्डमा इप्पोनमा पराजित भएकी हुन् ।

पार्क फाइनल पुगेपछि पुनमले रिपाचेज खेल्ने मौका पाएकी थिइन् । तर त्यसमा पनि उनी जीत हात पार्न सकिनन् । रिपाचेजमा पुनम काजस्कितानकी जरिना राइफोभा संग इप्पोनमा नै हार्न पुगिन् । रिपाचेजमा पुनमले तीन वटा सिडो प्राप्त गरेपछि सजिलै इप्पोनमा जरिनालाइ नतिजा सुम्पिइन् ।

पुरुष ७८ केजी मुनि तौल समुहको प्रतिस्पर्धामा श्रीराम मकाजु ताजकिस्तानका खेलाडीसंग पराजित हुदै पहिलो चरण बाटै बाहिरिए । एक सय केजी मुनिको तौलमा रबिन श्रेष्ठ प्रि क्वाटरफाइनलमा उज्वेकिस्तानका सिराली जुरेभ संग स्तब्ध भए । आजका खेलसंगै नेपाली जुडोको ब्यक्तिगत तर्फको सबै प्रतिस्पर्धा सकिएको छ ।

यसअघि महिला ५२ केजी मुनि देविका खड्का, ५७ केजी मुनि मनिता श्रेष्ठ, ६३ केजी मुनि ओलम्पियन तथा दक्षिण एशीयाली खेलकुदकी स्वर्ण पदक विजेता फुपु ल्हामु खत्री, पुरुष ६६ केजी मुनि इन्द्र बहादुर श्रेष्ठ र पुरुष ७३ केजी मुनि समुहको पुरुष तर्फ संजीत डंगोलले प्रतिस्पर्धा गरेका थिए । सवै आठै जना खेलाडीले एक खेल पनि जित्न सक्नन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey