पदक विजेता सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०४-१७
  • |
  • 340 पटक हेरिएको
नेप्लेज, १७ साउन । नेपाल ओकिनावा शुरिकेन शोरिन रियो कराते डो संघले थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
जुलाई १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा महिला ३० केजीमुनि कृति गौतमले रजत तथा पुरुष ८४ केजीमाथि डिगम्बरप्रसाद पन्तले कांस्य जितेका थिए । कृतिलाई २० हजार र डिगम्बरलाई १५ हजार नगदसहित सम्मान पत्रद्वारा सम्मान गरियो ।प्रतियोगितामा विभिन्न २८ राष्ट्रका ८ सय ३४ खेलाडीको सहभागिता रहेको बताइएको छ ।
सोही अवसरमा टोलीका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, प्रशिक्षकद्वय महेश रन्जित र देवी पुन, निर्णायक रोकश श्रेष्ठ तथा टोलीको सहभागितालाई प्रायोजन गरेका रामकृष्ण श्रेष्ठ, किसनराज सिंह, अच्यूत लामिछाने र भोलेन्टियर कोप्र्स नेपाललाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल ओकिनावा शुरिकेन शोरिन रियो कराते डो संघका अध्यक्ष सञ्जय रन्जितले नगद तथा सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey