एनपीएल फाइनल हेर्न दर्शकको ओइरो, टिकट सकिएपछि क्यानले निकाल्यो विज्ञप्ति

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 72 पटक हेरिएको
एनपीएल फाइनल हेर्न दर्शकको ओइरो, टिकट सकिएपछि क्यानले निकाल्यो विज्ञप्ति

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न दर्शकको अभूतपूर्व आकर्षण देखिएको छ। टिकट बिक्री खुला भएसँगै करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्ने प्रयास गरेपछि केही मिनेटमै सबै टिकट बिक्री भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ५ गते हुने एनपीएल फाइनलको टिकट बिक्रीबारे जानकारी गराएको हो।

क्यानका अनुसार टिकट बिक्री खुला हुँदा एकैपटक करिब दुई लाख प्रयोगकर्ताले टिकट खरिद गर्न खोजेका थिए। तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित रहेकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन्।

टिकट खरिद गर्न नपाएका समर्थकप्रति क्यानले असुविधाका लागि क्षमायाचना गरेको छ। साथै, नेपाली क्रिकेट र एनपीएलप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहका लागि धन्यवाद व्यक्त गरेको छ।

मैदानमा उपस्थित भएर फाइनल हेर्न नपाउने समर्थकलाई अनलाइन तथा आधिकारिक प्रसारण माध्यममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर प्रतियोगितालाई साथ दिनसमेत क्यानले आग्रह गरेको छ।

क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्ति मंसिर ४ गते जारी गरिएको हो।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment