एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 39 पटक हेरिएको
एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनको फाइनलको टिकट ‘सोल्ड आउट’ भएको छ ।

शुक्रबार एनपीएलको टिकटिङ पार्टनर खल्तीले दिउँसो १ बजे फाइनलको टिकट खुलाएको थियो । सो टिकट खुलेको एकैछिनमा सोल्ड आउट भएको हो

। यस सिजन उपाधिका निम्ति फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्दै छन् ।

फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।

सुदूरपश्चिमले बिहीबार क्वालिफायर्स–२ मा चितवन राइनोजलाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

लुम्बिनीले भने क्वालिफायर्स–१ मा सुदूरपश्चिमलाई नै हराएर फाइनल प्रवेश गरेको थियो ।


#क्रिकेट #सुदूरपश्चिम प्रदेश #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment