चेल्सीको सहज जित, एभर्टनमाथि २–० को विजय

  • Image नेप्लेज
  • १ कार्तिक २०८३, आइतवार
  • 118 पटक हेरिएको
चेल्सीको सहज जित, एभर्टनमाथि २–० को विजय

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० गोलले पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा चेल्सीका पेड्रो नेटोले दुवै गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेटोले दोस्रो हाफ सुरु भएको ४४ सेकेन्डमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

एभर्टनले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । यस जितसँगै चेल्सीले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।

यो जितपछि चेल्सीको ७ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै एभर्टनको भने ७ खेलमा १० अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ । ल