टेनिस टोली भियतनाम जाने

  • Image नेप्लेज
  • २९ आश्विन २०८३, बिहिवार
  • 107 पटक हेरिएको
टेनिस टोली भियतनाम जाने

काठमाडौं । बिलि जिन किङ कपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली अक्टोबर १९ तारिख भियतनामको फान थिट जाने भएको छ ।

अक्टोबर २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा स्वस्तिका विष्ट, सिर्जना थापा, प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

प्रशिक्षकमा सन्तोष खत्री छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेपकी सदस्य मोनालिशा खम्बूलगायतले शुक्रबार बिदाइ गरे ।