सामर्त ट्रेडिङद्वारा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनहरूलाई प्रायोजन

  • Image नेप्लेज
  • २१ आश्विन २०८३, बुधवार
  • 116 पटक हेरिएको
सामर्त ट्रेडिङद्वारा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनहरूलाई प्रायोजन

काठमाडाैं। क्लाइम्बिङ ब्रान्ड ब्ल्याक डायमन्ड र ला स्पोर्टिभाको नेपालका लागि आधिकारिक वितरक सामर्त ट्रेडिङ प्रालिले सन् २०२६ का राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनहरू रोनक उप्रेती र स्वस्तिका चौधरीसँग एक वर्षका लागि गियर प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको सहजीकरण र रोहवरमा सो सम्झौता सम्पन्न भएको हो । सो अवसरमा साङ्गे शेर्पा, प्रमुख कार्यकारी अधिकृत, समर्ता ट्रेडिङ, सन्तोष मादेन, महासचिव, नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन, सुजित कँडेल, सचिव, नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन, जनक घिमिरे, सेल्स म्यानेजर, समर्ता ट्रेडिङलगायतको उपस्थिति रहेको थियो ।