डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कप

  • Image नेप्लेज
  • ७ भदौ २०८३, आइतवार
  • 1114 पटक हेरिएको
डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कप

काठमाडौं। बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। फाइनलमा बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि १२औँ पटक जितेको हो।

डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले २८औँ मिनेटमा नाथानियल ब्राउनको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिसेले गोल थपेपछि बायर्न २–० ले अघि बढ्यो।

दोस्रो हाफमा डर्टमन्डले खेलमा फर्कने प्रयास गर्दै ७५औँ मिनेटमा फाबियो सिल्भाको गोलमार्फत अन्तर २–१ मा झारेको थियो। तर त्यसपछि थप गोल हुन नसक्दा बायर्नले उपाधि जित्यो।

खेलको अन्तिम मिनेटमा डर्टमन्डका रामी बेन्सेबैनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए। यससँगै बायर्नले नयाँ सिजनको पहिलो आधिकारिक उपाधि जित्दै उत्कृष्ट सुरुवात गरेको छ।