चन्द्रसहित ४ बक्सर सम्मानित

  • Image नेप्लेज
  • २२ श्रावण २०८३, शुक्रवार
  • 1090 पटक हेरिएको
चन्द्रसहित ४ बक्सर सम्मानित

काठमाडौं । नेपाल बक्सिङ महासंघले सोही कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने २ र उत्कृष्ट प्रदर्शन गर्ने २ गरी ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राना तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अन्जनी तेली सम्मानित भएका हुन् ।

चन्द्रले सन् २०२५ मा दुबइमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिप ५४ केजीमुनि कांस्य जितेका थिए । सोही प्रतियोगिताको ५१ केजीमुनि लालप्रसाद क्वाटरफाइनलमा पुगेका थिए । सन् २०२५ मा थाइल्यान्डमा भएको एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपको पुरुष ५० केजीमुनि अर्पिलले कांस्य प्राप्त गरेका थिए ।

अञ्जनीले सन् २०२३ मा भारतमा भएको आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजीमुनि क्वाटरफाइनल यात्रा तय गरेकी थिइन् ।

चन्द्रले ५० हजार, अर्पिलले २० हजार तथा लालप्रसाद र अन्जनीले समान १०–१० हजारसहित प्रशंसा पत्र पाए । उनीहरुलाई सदस्य–सचिव मेहताले सम्मान गरे । अन्जनी भने कार्यक्रममा उपस्थित थिइनन् ।