स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव

  • Image नेप्लेज
  • ४ श्रावण २०८३, सोमवार
  • 1050 पटक हेरिएको
स्पेनको विश्वकप जितमा प्यालेस्टिनीको उत्सव

 फिफा विश्वकप २०२६ को उपाधि स्पेनले उचालेसँगै गाजा र ओगटिएको वेस्ट बैंकका प्यालेस्टिनीले भव्य उत्सव मनाएका छन् ।

स्पेनिस टोलीको जित र स्पेन सरकारले प्यालेस्टाइनप्रति दर्शाएको समर्थनको कदर गर्दै उनीहरूले खुसीयाली मनाएका हुन् ।

विश्वकप फाइनल खेल हेर्नका लागि प्यालेस्टिनी गाजा र वेस्ट बैंकका विभिन्न स्थानमा अस्थायी स्क्रिन अगाडि भेला भएका थिए ।

खेलभरि स्पेनिस टोलीको समर्थनमा हुटिङ गरेका उनीहरू स्पेन च्याम्पियन बने लगत्तै रंगशाला र सडकमा निस्किएर खुसीयालीमा साटासाट गरेका थिए ।

प्यालेस्टिनीहरूले स्पेनको खेल कौशलको मात्र होइन, हालैका समयमा स्पेन सरकारले प्यालेस्टाइनको सार्वभौमसत्ता र अधिकारका पक्षमा देखाएको बलियो कूटनीतिक अडान र समर्थनप्रति पनि सम्मान व्यक्त गर्दै यो जितलाई उत्सवका रूपमा मनाएका हुन् ।


#विश्वकप फुटबल २०२६