काठमाडौं । फिफा विश्वकपमा आयोजक मेक्सिको अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।
मेक्सिको सिटी स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा चेकिया (चेक रिपब्लिक) लाई ३–० गोल शानदार जित निकाल्यो।
घरेलु मैदान र समर्थकको ठुलो साथ पाएको मेक्सिकोका लागि दोस्रो हाफमा तीन गोल सम्भव भएको हो। खेलको ५५औं मिनेटमा माटेओ चाभेजले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसको लगत्तै ६१औं मिनेटमा जुलियन क्विनोनेसले अर्को गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। खेलको अतिरिक्त समयमा अल्भारोले गोल थप्दै स्पष्ट जित निकाल्यो।
समूह एका सबै खेल जित निकालेको मेक्सिको ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको हो। चेकिया भने बाहिरिएको छ।