पाँचौँ विष्णु गैरे टेनिस प्रतियोगिता: भीष्म र पासाङ तथा विमल र पवित्रको जोडी फाइनलमा

  • Image नेप्लेज
  • २९ जेठ २०८३, शुक्रवार
  • 2840 पटक हेरिएको
पाँचौँ विष्णु गैरे टेनिस प्रतियोगिता: भीष्म र पासाङ तथा विमल र पवित्रको जोडी फाइनलमा

काठमाडौँ । मण्डिखाटार टेनिस क्लबको आयोजनामा जारी '५ औं विष्णु गैरे टेनिस प्रतियोगिता-२०२६' अन्तर्गत विधा फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूमा आ-आफ्नो खेल जित्दै दुई बलिया जोडीले उपाधिका लागि भेट पक्का गरेका हुन्।

शुक्रबार बिहान ७ बजे भएको पहिलो सेमिफाइनल खेलमा भीष्म जंग गुरुङ र पासाङ शेर्पाको जोडीले एकपक्षीय जित निकाल्यो। उनीहरूले सिमान्त गुरुङ र अजयन्द्र शाहको जोडीलाई ६-०, ६-० को सोझो सेटमा सहजै पराजित गर्दै फाइनलको यात्रा तय गरे।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा विमल के. गुरुङ र पवित्र रायमाझीको जोडी विजयी भयो। प्रतिस्पर्धात्मक पहिलो सेट ७-५ ले आफ्नो पक्षमा पारेको यो जोडीले दोस्रो सेटमा महेश स्वर र किरण नेपालको जोडीलाई ६-० ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

अब उपाधिका लागि शनिबार भीष्म जंग गुरुङ र पासाङ शेर्पाको जोडीले विमल कुमार  गुरुङ र पवित्र रायमाझीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। जुन ६ देखि सुरु भएको यो प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।