मन्डिखाटार टेनिस क्लबको आयोजनामा जारी पाँचौं विष्णु गैरे स्मृति टेनिस प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलहरूमा विभिन्न जोडीहरूले सफलता हात पारेका छन् ।
पहिलो खेलमा शिव सेढाईं र राप्के टी. शेर्पाको जोडीले निरञ्जन श्रेष्ठ र भगवान कोइरालाको जोडीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गर्दै विजय सुरुवात गर्यो ।
यस्तै, अर्को खेलमा जीबन घिमिरे र बल के. गुरुङको जोडीले तासी शेर्पा र राजेन्द्र जे. कार्कीको जोडीमाथि ६-२, ६-१ को सहज जित दर्ता गर्यो ।
सोमबार नै भएको अर्को प्रतिस्पर्धात्मक खेलमा समिर गुरुङ र गोपाल शाहीको जोडीले लाक्पा शेर्पा र जाङ्बु शेर्पाको जोडीलाई ३-६, ६-३ र सुपर टाईब्रेकरमा १०-८ ले पाखा लगायो ।
सोमबारकै अन्तिम खेलमा मच्छिन्द्र थापा र प्रकाश बोगटीको जोडीले उत्तम बोगटी र मनोज शमसेर राणाको जोडीलाई ६-०, ७-५ (१०-८) ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।

जुन ६ देखि १४ सम्म चल्ने यस प्रतियोगिता अन्तर्गत मंगलबार हुने खेलहरूको तालिका यस्तो छ ।
विहान ७:०० बजे : आशिष सिग्देल / श्याम कुमार तिमिल्सिना विरुद्ध हिमाल शाह / प्रेम थापा
विहान ७:०० बजे : भीष्म जे. गुरुङ / पासाङ शेर्पा विरुद्ध मच्छिन्द्र थापा / प्रकाश बोगटी
विहान ८:०० बजे : समिर गुरुङ / गोपाल शाही विरुद्ध बृजेश लाकौल / फुरी शेर्पा
विहान ८:०० बजे : बिमल के. गुरुङ / पबित्रा रायमाझी विरुद्ध शिव सेढाईं / राप्के शेर्पा