विश्वकप विजेताले कति पुरस्कार पाउँछन् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-३१
  • |
  • 247 पटक हेरिएको

नेप्लेज, ३१ असार । नामै विश्वकप, भनिरहनु पराेइन कि याे विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक चार वर्षमा आउने फुटबलको महाकुम्भको २१औं संस्करण रुसमा आज सकिँदैछ ।

आज राति पौने ९ बजे फ्रान्स र क्रोएशियाबीच फाइनल खेल रुसको लुज्निकी रंगशालामा सुरु हुनेछ । योसँगै विश्वकपको औपचारिक समापन हुनेछ ।

विश्वकपजस्तो सबैभन्दा ठूलो फुटबल मेलामा हुने खर्च कति होला ? वा सहभागी टिम र उपाधि विजेता टिमले कति पुरस्कार पाउछन् ? यो सबैको चासोको विषय हो । यथार्थ के हो भने विश्वकपमा सहभागी हुने ३२ वटै टिमले नगद पुरस्कार पाउँछन् । त्यसबाहेक सबै टिमलाई प्रति टिम १५ लाख डलर तयारी खर्च पनि दिइन्छ ।

विश्वकपमा सहभागी भई समूह चरणबाटै बाहिरिने वा समूहको एउटा पनि खेल नजित्ने टोलीले ८० लाख डलर पाउँछन् । तयारी खर्च १५ समेत जोड्दा यो रकम ९५ लाख अमेरिकी डलर हुन आउँछ ।

यसपटक इजिप्ट, साउदी अरव, मोरक्को, इरान, पेरु, अष्ट्रेलिया, नाइजेरिया, आइसल्याण्ड, सर्विया, कोष्टारिका, दक्षिण कोरिया, जर्मनी, पानामा, ट्युनिसिया, सेनेगल र पोल्याण्ड समूह चरणबाटै बाहिरिए । उनीहरु सबैले १५ लाख तयारी खर्चसमेत गरी ९५ लाख अमेरिकी डलर पाएका छन् ।

समूह चरण पार गरी अन्तिम १६ मा पुगेका टोलीले १ करोड २० लाख अमेरिकी डलर पुरस्कार पाउँछन् । यो रकम १५ लाखको तयारी खर्च बाहेकको हो । यसपटक अर्जेन्टिना, मेक्सिको, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, जापान, कोलम्बिया र डेनमार्क प्रिक्वार्टरफाइनलबाट बाहिरिए ।

क्वार्टरफाइनलमा पुग्ने हरेक टोलीले १ करोड ६० लाख नगद पुरस्कार पाउँछन् । यो पनि १५ लाख तयारी खर्च बाहेकको हो । यसपटक ब्राजिल, उरुग्वे, रुस, स्वीडेन क्वार्टरफाइनलबाटै बाहिरिए । उनीहरु चारै टोलीले तयारी खर्चसहित १ करोड ७५ लाख पाए ।

विश्वकपको अन्तिम चार स्थानमा रहने टोलीले फरक फरक पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि खेलेका थिए । जसमा इंग्ल्याण्डबिरुद्ध बेल्जियम हावी भएको थियो ।

त्यसैले बेल्जियमले तेस्रो पुरस्कारस्वरुप २ करोड ४० लाख अमेरिकी डलर पाएको छ भने इंग्ल्याण्डले २ करोड २० लाख डलर पाएको छ । यसमा १५ लाख तयारी खर्च समावेश गरिएको छैन ।

यसपटकको विश्वकप फाइनलिष्ट टोलीका लागि पुरस्कारबापत ६ करोड ६० लाख डलर वितरण गरिनेछ । विश्व विजेता टिमले ६ केजी सुनको ट्रफीका साथै ३ करोड ८० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेता टोलीले २ करोड ८० लाख डलर पुरस्कार पाउनेछ । १ करोड डलरको फरक रहेको विश्वकप फाइनलमा फ्रान्स र क्रोएशिया भिड्दैछन् ।

रुस विश्वकपमा पुरस्कार राशी अघिल्लो संस्करणमा भन्दा केहि बृद्धि गरिएको हो । अघिल्लो संस्करणको विजेता जर्मनीले ३ करोड ५० लाख डलर पुरस्कार पाएको थियो । सायद सन् २०२२ मा हुने कतार विश्वकपमा पनि पुरस्कार रकम बढ्नेछ ।

यो त भयो टिमका कुरा । अब खेलाडीको कुरा गरौं । विश्वकपमा सहभागी मुलुकका खेलाडीले कति कमाउँछन् ? यो पनि सबैको चासोको विषय हो ।

फिफाले खेलाडीलाई नै तोकेर पुरस्कार वा सहयोग रकम प्रदान गर्दैन । तर, फिफाबाट सम्बन्धित मुलुकका संघलाई आएको रमक संघले खेलाडीका लागि पनि छुट्याउँछ ।

अघिल्लो संस्करणको विश्व विजेता जर्मनीका खेलाडीले प्रतिव्यक्ति ४ लाख ८ हजार डलर बोनस पाएका थिए । त्यसबाहेक आफ्ना प्रायोजकहरुबाट पनि उनीहरुलाई पैसा असुल्न छुट हुन्छ । यद्यपी क्लवबाट आउने पारिश्रमिक भन्दा मुलुकका लागि खेल्दा आउने पारिश्रमिक थोरै हुन्छ ।

त्यसकारण फिफाले देशलाई मात्र होइन, खेलाडी आबद्ध क्लबलाई पनि रकम दिन्छ । विश्वकपमा यसपटक कुल सात सय ३६ खेलाडी कुनै न कुनै क्लबमा आबद्ध थिए । जसमा फिफाले सबैलाई गरेर सात करोड डलर छुट्याएको छ । यसको अर्थ क्लवले एक दिनको २ हजार ८०० अमेरिकी डलर पाउँछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey