काठमाडौं । नेपालमा पनि फिफा फर स्कुल अभियानको शुभारम्भ भएको छ । त्रिपुरेश्वरस्थित दशरग रंगशालमा भएको उद्घाटन समरोहमा अध्यक्ष पंकज विक्रम नेम्वाङले के भने त ?
युनेस्कोको साझेदारीमा संचालन एक महत्वकांक्षी परियोजना हो । जसले विश्वभरिका चार देखि १४ वर्ष उमेर समूहका करिब ७० करोड बालबालिकाहरुलाई फुटबलमा सहजता प्रदान गर्ने उद्देश्य लिएको छ ।
एन्फाले विश्व फुटबल महासंघ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयसँगको संयुक्त पहलमा यस कार्यक्रम मार्फत नेपाल भरिका ७७ वटा जिल्लाका १ हजार ७२ भन्दा बढी विद्यालयहरु का करिब ६ लाख बालबालिकाहरु माझ पुग्ने लक्ष्य लिएका छौं ।
यस कार्यक्रम मार्फत ३२ हजार ६४० फुटबल विद्यालयहरुमा वितरण गर्दै छौं ।
यो कार्यक्रम केवल फुटबल फुटबल वितरण गर्ने अभियान मात्र नभई यो फुटबल खेलको माध्यमबाट शिक्षा, स्वास्थ्य, अनुशासन, नेतृत्व विकास, खेल र आपसी सम्मान लगायत अमूल्य जीवन कौशलहरु सिक्ने एउटा बृहत् पहल हो । जसले सक्षम खेलाडी मात्र नभई एक मसल नागरिक बन्न प्रेरित गर्ने उद्देश्य लिएको छ ।
यस समय फिफा फुटबल फर स्कुल एप्लिकेसन मार्फत करिब ५० हजार शिक्षक तथा शिक्षक क्षमता विकास गर्ने उद्देश्य लिएको छ । यस अभियानलाई एक कार्यक्रमको रूपमा मात्रै नभई एक सुन्दर भविष्यको सपनाको प्रस्थान बिन्दुको रुपमा हेर्न जरुरी छ ।
हामी उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने लक्ष्यमा छौं : प्रधानमन्त्री ओली
यस कार्यक्रमको सफलता र उपलब्धि आगामी दिनहरुमा यस प्रवृत्तिका प्रभावकारिता कार्यक्रमहरु लागि बहुपक्षीय साझेदारी ढोका खुल्ने निश्चित विश्वास लिएका छौं । तसर्थ यस कार्यक्रमको प्रबन्ध संरक्षण एवं यसको दिनकालीन कार्यक्रमको लागि सबै पक्षको साथ सहयोग अपरिहार्य रहेको महसुस गरेको छु ।
यो विश्वप्रेमी पहललाई हाम्रा बालबालिका सम्म पुर्याउन हतार गर्न प्रयास गर्ने नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलमन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा हाम्रा सबै साझेदार र सरकारवालाहरु पनि हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौं ।
फुटबललाई औपचारिक शिक्षा सँग जोड्न देशभरका विद्यालयमा हामी यो कार्यक्रम लगाएर सम्भव बनाउन यहाँहरुको सहकार्य र महत्वपूर्ण भूमिका रहेको छ ।
म विशेष कृतज्ञता सम्माननीय प्रधानमन्त्री ज्यूको खेलकुद प्रतिको लगाव र अभिभावकत्व ग्रहण प्रति गर्न चाहन्छु । उहाँको आजको उपस्थिति हाम्रो अन्तर्राष्ट्रिय इतिहासको रंगशाला निर्माण र सपना साकार पार्न उहाँको अत्यधिक प्रयास नेपाली फुटबल इतिहासमा दर्ज हुने पनि विश्वास लिएको छु ।
यस पहलकार र पंक्तिका नायकहरु शिक्षक तथा प्रशिक्षकहरुलाई पनि धन्यवाद दिन चाहन्छु र तपाईको जोश र कटिबद्धता ले यो कार्यक्रमलाई सफल बनाउने छ ।