हामी उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने लक्ष्यमा छौं : प्रधानमन्त्री ओली

  • Image नेप्लेज
  • १५ श्रावण २०८२, बिहिवार
  • 314 पटक हेरिएको
हामी उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने लक्ष्यमा छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विश्वव्यापी फुटबल अभियानको हिस्साको रूपमा एक हजारभन्दा बढी विद्यालयमा फुटबल वितरण कार्यक्रम शुरू गरे।  

नेपालमा फुटबल निकै लोकप्रिय खेल भए पनि धेरै विद्यालयमा फुटबलको अभावमा विद्यार्थीले अभ्यास गर्न नपाएको अवस्थालाई यो कार्यक्रमले सम्बोधन गर्नेछ। यो अभियानले भविष्यका विश्वस्तरीय खेलाडी उत्पादन गर्ने र नेपाललाई खेलकुदमा स्वर्ण पदक विजेता राष्ट्र बनाउने लक्ष्य राख्छ।

यो विश्वव्यापी अभियान १३९ भन्दा बढी देशमा चलिरहेको छ। नेपालमा यसले दिगो विकास, युवा सशक्तीकरण, शारीरिक तन्दुरुस्ती र अनुशासनलाई प्रोत्साहन गर्ने अपेक्षा छ।

कीर्तिपुर, पोखरा, धनगढी, धनुषा र झापामा अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनिरहेका छन् भने भक्तपुरमा ५० हजार दर्शक अटाउने रंगशाला निर्माणको योजना छ। महिला भलिबल र इन्डोर खेलका लागि पनि पूर्वाधार विकासमा जोड दिइएको छ।  

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषण 

आज अत्यन्तै खुशी को कुरा हो। हामी एउटा अन्तर्राष्ट्रिय अभियान को हिस्सा को रुपमा विश्व अभियान को हिस्सा को रुपमा नेपालमा यो दिवस मनाइरहेका छौ। हामी एक हजार जना बढी विद्यालय हरुलाई अघि भर्खरै हामीले सुन्यौ आज फुटबल वितरण गर्दै छौं ।

जसबाट छ लाख भन्दा बढी विद्यार्थीहरु र ५०,००० भन्दा बढी शिक्षक प्रशिक्षकहरु यसबाट लाभान्वित हुनुहुनेछ।

१ हजार ७२ भन्दा बढी विद्यालयमा पुग्ने लक्ष्य छः एन्फा अध्यक्ष नेम्वाङ 

कतिपय विद्यार्थीहरुलाई कतिपय विद्यालयहरुलाई फुटबलको व्यवस्था गर्न पनि कठिनाई परिरहेको अवस्थामा फुटबल प्रतिको हाम्रो पुरानो समय देखिको राष्ट्रिय चासो र अहिले नेपालको अत्याधिक लोकप्रिय खेल रुप रुपमा फुटबल रहेको तर विद्यार्थी भाइबहिनीहरुले फुटबलको अभावमा अभ्यास गर्न नपाइरहेको अवस्थामा फुटबल उपलब्ध हुने कुराले अभ्यासमा सहजता थप्ने छ । सहयोग पुर्याउने छ। यस अवसरमा म सम्पूर्ण भविष्यका महान खेलाडीहरु यस अभियानले उत्पादन गर्नेछ भन्दै तपाईहरु भविष्यका महान खेलाडीहरु जो विश्वमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको रुपमा प्रकट हुनुहुनेछ ।

हामीले केही देखि लिएर अहिलेका मेसी अथवा अरु खेलाडीहरु समेत सम्मको दाजोमा एम्बापे अथवा अरु खेलाडीहरु रोनाल्डो अथवा अरु खेलाडीहरु सबैको दाजोमा पुग्न सक्ने र त्यो भन्दा अगाडी पढ्न सक्ने सामथ्र्य राख्ने खेलाडीहरु नेपालले उत्पादन गर्ने लक्ष्य र उद्देश्य लिएको छ ।

त्यस सन्दर्भमा यस प्रयासले थप योगदान पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु।

यो योगदान दिगो विकासका लक्ष्यहरु पुरा गर्ने देखि लिएर खास गरेर युवाहरुको विकास खेलकुद क्षेत्रको विकास मात्रै होइन यस्तै अनुशासन मित्रता अन्य कुराहरु समेत विकास शारीरिक तन्दुरुस्ती खेल प्रतिको रुचि स्वास्थ्य प्रतिको रुची ज्ञान प्रतिको रुचि सिप प्रतिको रुचि हरेक क्षेत्रका रुचि अगाडी यसले बढाउने छ ।  त्यसै गरेर निरोगी नेपाल निर्माण गर्ने हाम्रो राष्ट्रिय परिकल्पना त्यस कुरामा स्वस्थ नागरिकहरु उत्पादन गरेर खेल मार्फत हामी निरोगी नेपाल निर्माण गर्ने सपनालाई पनि यस कार्यक्रम मार्फत योगदान पुर्याउन चाहन्छु ।

यो विश्व व्यापी कार्यक्रम हो । र यो विश्व व्यापी कार्यक्रम आज विश्वका अनेकौ देशहरुमा अगाडी बढिरहेको छ । १३९ भन्दा बढी देशहरु यसबाट लाभान्वित भइरहेको छ। यस सुखद घडीमा म खेलकुद क्षेत्रलाई बधाई भन्न चाहन्छु ।

राष्ट्रिय खेलकुद परिषदलाई त्यसैगरेर फुटबल, एसोसिएसनलाई, फिफालाई, सबैलाई धेरै धेरै बधाई भन्न चाहन्छु। अहिले मैले यसमा केहि बोलेर धेरै समय लिने भन्दा पनि हामी रङ्गशालाहरु निर्माण गरिरहेका छौं ।

अब यो भन्दा डबल शक्तिशाली अथवा यो भन्दा डबल दर्शकहरुले हेर्न सक्ने स्पेश भएको त्यस्तो प्रकारको रङ्गशाला नयाँ रङ्गशाला निर्माण गर्ने काम हामी लागिरहेका छौं। कीर्तिपुर क्रिकेट रंगशालामा हामीले गत वर्ष निर्माण कार्य सुरु गरेका थियौं।

अहिले पुरा हुनै लागेको छ र अबको क्रिकेट खेलको सिजनमा हामी त्यही रंगशाला खेलकुद अगाडि बढाउने छौं।

यो रंगशाला ऐतिहासिक रंगशाला हो। यस रंगशालालाई त्यसैगरी मर्मत सम्भार गर्ने कुराहरुदेखि लिएर अन्य ढंगले अगाडि बढाउने छौं। पोखरालाई रंगशाला, सुरक्षित रंगशाला, धनगढी रंगशाला अथवा अरु विभिन्न प्रकारका विभिन्न रंगशालाहरु हामी निर्माण गर्दै छौ। धनुषामा रंगशाला र झापामा अर्को अन्तर्राष्ट्रिय स्तरको रंगशालामा हामी काम गर्दै छौ। 

त्यसकारण अब रंगशालाहरुको कमी खेल सिक्नका लागि खेलमैदानहरुको कमी पनि त्यति हुने छैन। र यसरी हामी खेलकुद क्षेत्रका पूर्वाधार तयार गर्दै छौं ।

त्यसै गरेर महिला भलिबल टिमका लागि खेल र प्रशिक्षण का लागि अभ्यास का लागि त्यस्ता कुरा हरु पनि हामी गर्ने छौं । अरु खेलहरुका लागि इन्डोर गेमहरुका लागि पनि गर्दै छौ। मुलपानीको क्रिकेट हल्ला सभा त्यसलाई पनि स्तरउन्नतीको काम गर्ने छौं ।

त्यसै गरेर किर्तिपुरको क्रिकेट हल्ला जो अहिले भर्खर तयार हुँदै छ त्यसलाई अधिकतम सदुपयोग संरक्षण र त्यसको सदुपयोग मार्फत क्रिकेटलाई पनि अगाडि बढाउने छौं । नेपाललाई सम्पूर्ण खेलका क्षेत्रहरुमा स्वर्ण पदक विजेता देशको रुपमा चिनाउने उद्देश्यका साथ हामी अगाडि बढ्छौं। अब छिटै नै हामी भक्तपुरको सुर्यले नायक नगरपालिकामा ५० हजार यो रंगशाला भनेको १५ हजार दर्शक बटाउने रंगशाला हो। अब हामी ५० हजार दर्शक बटाउने रंगशाला निर्माण गर्न लागिरहेका छौं। भक्तपुर म यो कुरा पनि सबै साथीहरुलाई जानकारी गराउन चाहन्छु।

हाम्रा ससाना भाइबहिनीहरु तिमीहरु हुर्किदा सम्म तिमीहरु खेलाडी हुदा सम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भैसकेको होला बन्द बाबुलाई यो खुशी व्यक्त गर्न चाहन्छु । यस आयोजनाका लागि म आयोजक मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय त्यसैगरी खेलकुद परिषद र फुटबल संघ लगायत सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । र यहाँ उपस्थित भएका सम्पूर्ण खेल प्रेमी हरुलाई शुभकामना भन्न चाहन्छु । साथै खासगरी नयाँ बालबालिकाहरु नयाँ भाइबहिनीहरु नया छोराछोतीहरु भविष्य प्रतिको ठूलो विश्वास बोकेर जो यहाँ उपस्थित भएका छन् सबैको उज्जवल भविष्य सफल हार्दिक शुभकामना व्यक्त गर्दछु ।