ओल्मोको दुई गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा ९ अंकको अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०७-१८
  • |
  • 904 पटक हेरिएको

काठमाडौं । डानी ओल्मोको दुई गोल प्ररित खेलमा बार्सिलोनाले सहज जीत हासिल गरेको छ।

स्पेनिस ला लिगा अन्तर्गत आइतबार स्टेडिओ ओलम्पिक लुइस मैदानमा घरेलु टोली बार्सिलोनाले स्पान्योललाई ३–१ गोलले पराजित गरेको हो। 

बार्सिलोनाको जीतमा अर्को गोल राफिनहाले गरे। 

जीतसँगैँ १२ खेलबाट ३३ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ९ अंकले अघि छ।

पहिलो हाफमै तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा कुनै पनि गोल भने गर्न सकनेन। यता, स्पान्याेलका लागि जाभी पुआडाेले ६३औँ मिनेटमा गरेकाे गाेल सान्त्वना बन्याे।

ओल्मोले खेलको १२औँ र ३१औँ मिनेटमा गोल गरे भने राफिनहाले २३औँ मिनेटमा गोल गरेका थिए। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal