एभर्टन पराजित

  • Image नेप्लेज
  • १७ कार्तिक २०८१, शनिवार
  • 402 पटक हेरिएको
एभर्टन पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दशौँ साताको खेलमा एभर्टन पराजित भएको छ। 

साउथह्याम्टनको घरेलु मैदानमा शनिबार राति भएको खेलमा एभर्टन १–० गोलले पराजित भएको हो। 

घरेलु टोली साउथह्याम्टनको जीतमा एडम आर्मस्ट्रङले गोल गरे। उनले खेलमा ८५औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। 

जीतसँगै जारी सिजन १० खेलबाट चार अंकसहित पूछारबाट दोस्रो स्थानमा यथावत् छ। यता, पराजित एर्भटन भने समान खेलबाट ९ अंकसहित १६औँ स्थानमा छ।

अन्य खेलको नतिजा
नोटिङ्घम फरेस्ट एफसीविरुद्ध वेस्टह्याम युनाइटेड (३–०)
लिभरपुलविरुद्ध ब्राइटन (२–१)
इप्सविच टाउन एफसीविरुद्ध लेस्टर सिटी (१–१)