काठमाडौं । इटालियन सिरी ए अन्तर्गत दशौँ साताको खेलमा बोलोग्रा एफसी विजयी भएको छ।
शनिबार राति घरेलु मैदानमा भएको खेलमा बोलोग्राले युएस लेक्कसीलाई १–० गोलले पराजित गरेको हो।
घरेलु टोलीको जीतमा रिकार्डो ओरसोलिनीले गरेको गोल नै निर्णयक बन्यो।
गोलरहित बराबरीतर्फ उन्मुख रहेको खेलको ८५औँ मिनेटमा रिकार्डो ओरसोलिनीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल नभएपछि बोलोग्रा एफसी विजयी भयो।
जीतसँगै जारी लिगमा १० खेलबाट १५ अंक बनाएको बोलोग्रा आठौँ स्थानमा उक्लिएको छ। इटालियन सिरी ए मा १० खेलबाट २५ अंकसहित नापोली शीर्ष स्थानमा छ भने समान खेलबाट २१ अंक रहेको इन्टर मिलान दोस्रो स्थानमा छ।